कविता: राईझुमा तिमी गाउँ फर्क
- सुन्दर शिरीष
राईझुमा,
आदिम इतिहास बोकेर उर्लिरहेको
म कर्णाली !
मुटुभरी फुलेको मायाको मखमली रंग सङ्गालेर
मटेरा छुँदै उडेको
बादलको सेतो थुँगामा
स्मृतिका अनगिन्ती छालहरु उन्दै
तिमीलाई पत्र कोरिरहेको छु।
आदिम इतिहास बोकेर उर्लिरहेको
म कर्णाली !
मुटुभरी फुलेको मायाको मखमली रंग सङ्गालेर
मटेरा छुँदै उडेको
बादलको सेतो थुँगामा
स्मृतिका अनगिन्ती छालहरु उन्दै
तिमीलाई पत्र कोरिरहेको छु।
घण्टाघरको छायाँमा लुकेको सहरमा
अस्तित्वको तिलाञ्जली दिँदै
सपना बेचिरहेकी राईझुमा,
तिम्रो त्यो गह्रौं सहर भन्दा
धेरै माईल टाढा
तिमीले छाडेका पदचापहरु सङ्गाल्दै
जुम्लाको उडान भर्दै छु।
तिमीले त बिर्सियौ होला
सहरको तिरमिराउँदो उज्यालोमा
गाउँको मधुरो टुकी
बिर्सियौ होला हामीले यी फाँटभरि
रोपेका मायाका बेर्नाहरु
हो, म तिमीले छाडेका
सम्झनाको गह्रौं ढाकर बोकेर
अनन्तः यात्रामा निस्केको छु।
राईझुमा,
छाती भरी मायाँको मलिलो माटो फिँजाएर
तिमीलाई फुलाउने
म कटासे,
सिमलका छायाँभरी असरल्ल छरिएका
तिम्रो अधरका टुक्राहरु
निक्कै जतनसाथ सङ्गालेर राखेको छु।
सपनाको बेलुन चढेर तिमी
एकाएक टाढिएपछि
म पनि रित्तो–रित्तो भएको छु
म पनि निरस–निरस भएको छु
त्यसैले त गुञ्जदैनन् आजकाल
गाउँ घरमा देउडा।
राईझुमा,
तिमी गाउँ फर्कु
आजकाल सहर बौलाएको छ
आधुनिकताको पारदर्शी कट्टु लगाएर
संस्कृति पाइतालाले मिच्ने ठाउँमा
तिम्रो सपना कहिल्यै फुल्ने छैन
राजनीतिको तरबारले
अक्षरको टाउको काट्ने सहरमा
अहँ तिम्रो आकांक्षा जिउँदो रहन पाउने छैन
त्यसैले फर्क राईझुमा,
तिम्रो सपनाको अन्तरिक्षमा
यतैबाट स्वच्छ उडान भरौंला
र टिपौंला आकाशभरी फुलेका फूलहरु।
राईझुमा,
कर्णालीको बगरमा
तिमीसँगै बालुवाको घर बनाउने
म राममान थारु।
सँग सँगै बोकेर हिँंडीरहेछु
स्मृतिका अनन्तः पहाडहरु
यी गोरेटाहरु अझै उस्तै छन्
यी फाँटका थिएटरहरु
जहाँ तिमी र म बेहुला–बेहुली बनेका थियौं
मैले तिमीलाई लगाई दिएको माटोको सिँदुर
र तिमीले
सारङ्गीको तारजस्तै मेरा औंलाहरुमा
लगाइदिएको सिरुपाते औंठी अनि
गलामा सुनाखरी माला
पहाडबाट झरेको आँसुले
अझ ताजा बनाउँदैछ।
राईझुमा,
आज फेरि तिम्रो यादमा
यी मेरा आँखाहरु
फाँटभरी तिमीलाई खोजिरहेछन्।
साँच्चै राईझुमा,
तिमी गाउँ फर्क
तिम्रो स्वागतको खातिर
मायाको जलघडा बोकेर
म कुरिरहेको हुनेछु ।
अस्तित्वको तिलाञ्जली दिँदै
सपना बेचिरहेकी राईझुमा,
तिम्रो त्यो गह्रौं सहर भन्दा
धेरै माईल टाढा
तिमीले छाडेका पदचापहरु सङ्गाल्दै
जुम्लाको उडान भर्दै छु।
तिमीले त बिर्सियौ होला
सहरको तिरमिराउँदो उज्यालोमा
गाउँको मधुरो टुकी
बिर्सियौ होला हामीले यी फाँटभरि
रोपेका मायाका बेर्नाहरु
हो, म तिमीले छाडेका
सम्झनाको गह्रौं ढाकर बोकेर
अनन्तः यात्रामा निस्केको छु।
राईझुमा,
छाती भरी मायाँको मलिलो माटो फिँजाएर
तिमीलाई फुलाउने
म कटासे,
सिमलका छायाँभरी असरल्ल छरिएका
तिम्रो अधरका टुक्राहरु
निक्कै जतनसाथ सङ्गालेर राखेको छु।
सपनाको बेलुन चढेर तिमी
एकाएक टाढिएपछि
म पनि रित्तो–रित्तो भएको छु
म पनि निरस–निरस भएको छु
त्यसैले त गुञ्जदैनन् आजकाल
गाउँ घरमा देउडा।
राईझुमा,
तिमी गाउँ फर्कु
आजकाल सहर बौलाएको छ
आधुनिकताको पारदर्शी कट्टु लगाएर
संस्कृति पाइतालाले मिच्ने ठाउँमा
तिम्रो सपना कहिल्यै फुल्ने छैन
राजनीतिको तरबारले
अक्षरको टाउको काट्ने सहरमा
अहँ तिम्रो आकांक्षा जिउँदो रहन पाउने छैन
त्यसैले फर्क राईझुमा,
तिम्रो सपनाको अन्तरिक्षमा
यतैबाट स्वच्छ उडान भरौंला
र टिपौंला आकाशभरी फुलेका फूलहरु।
राईझुमा,
कर्णालीको बगरमा
तिमीसँगै बालुवाको घर बनाउने
म राममान थारु।
सँग सँगै बोकेर हिँंडीरहेछु
स्मृतिका अनन्तः पहाडहरु
यी गोरेटाहरु अझै उस्तै छन्
यी फाँटका थिएटरहरु
जहाँ तिमी र म बेहुला–बेहुली बनेका थियौं
मैले तिमीलाई लगाई दिएको माटोको सिँदुर
र तिमीले
सारङ्गीको तारजस्तै मेरा औंलाहरुमा
लगाइदिएको सिरुपाते औंठी अनि
गलामा सुनाखरी माला
पहाडबाट झरेको आँसुले
अझ ताजा बनाउँदैछ।
राईझुमा,
आज फेरि तिम्रो यादमा
यी मेरा आँखाहरु
फाँटभरी तिमीलाई खोजिरहेछन्।
साँच्चै राईझुमा,
तिमी गाउँ फर्क
तिम्रो स्वागतको खातिर
मायाको जलघडा बोकेर
म कुरिरहेको हुनेछु ।
OOO
No comments